रिमझिम रिमझिम पानी को हल्काफुल्का वर्षाले हृदय लाई प्रदान गरेको शितलता त्यो सुर्यको किरण बिना पनि रहेको प्रकाश र मेघका केहि गर्जन यसले मन पुलकित भएको छ अर्कोतर्फ भाब को लहरमा बगेर आउने बिचारको समिश्रण र बोध ले दिएको स्वीकृति
जीवनको यस भब सागरमा कति संशय हरु आएका छन अनि कति संकल्पित हुन नसकेका बोध पनि छन|
कुनै यस्तो समय थियो अस्पताल मा पुग्दा डाक्टर बन्ने रुची र कुनै खेतको डिलमा पुग्दा पसिना पुछ्दै गरेको किसान र कुनै भक्ति संगीत को सत्संग मा पुग्दा सारा मनका आशा,आकांक्षा छोडेर एक फकिर बन्ने अभिप्सा : यी सबै पानीका फोका जस्तै बन्ने र फुट्ने भाब भंगी तर त्यसको कल्पनामा डुबेर लिएको आनन्द कति यथार्थ थियो त्यो भाब मा एक प्रेमको आमन्त्रण थियो आफु मा कुनै बिशिस्ट गुण ले भरिपूर्ण बन्न पाउँ भन्ने अन्तः कारण को आवाज थियो | एक प्रेमी ले कुरिरहेका स्वीकृत जस्तै कहिँ कतै बाट एक आश्वाशन को अभिप्सा थियो | यी नै आशा मा कोशिस गरेको त्यो सुन्दर फुल को वरिपरी वर्षा परिसके पछी रहेको पानी को थोपा टिलपिल टिलपिल गरिरहेको जस्तै बिचारको बेग फक्रन नसकेको त्यो कोपिला जस्तो भान हुदै गए पछी जिबन को रंग प्रति उदासिन , यसको मौलिक पनमा रुची घट्दै गएको पनि सत्य हो
जिबन त केवल एक खेल रहेछ यो त मनले बनाएको सपना को महल जस्तो टुटी हाल्दो रहेछ त्यो अन्तः कारण को आवाज बेगले गुन्जन नपाए पछी जिबनको निरर्थकता को पनि महसुश भएको सत्य नै हो | एक मुसफिर जस्तै जीवनका चारै तर्फ को यात्रा अन्योलमय लक्ष्य बिहिन तर पनि फेरी कुनै पेशा , पद बाट फेरी पनि अन्तह कारण को अभिप्सा पुरा गर्ने सोच सहितको यात्रा बढो बौद्धिक , मानिसक र बिलक्षण जसले केहि साश्त्र मा छिपेर रहेको त्यो प्रेमको थोपा त पाएकै हो , त्यो सश्त्र मा लुकेको त्यो भौतिक बलले म नै हराउन बिलाउन सक्ने रहेछ भन्ने भय पनि बुझिएकै हो र केहि त हासिल गरेकै जस्तो भान भएकै हो तर पनि पुनः त्यो मौलिकपनमा अस्वीकृत रहिरहेको मनको बोझ , ति नदि बगे जस्तै बग्ने भाब र तेस्कै कल्पनामा डुबेका आनन्दको फोरा अझ ति ग्रन्थी बाट फुट्न सकेका छैनन् आज कोशिस गर्द्दा पनि ति मुर्झाएका हृदयका २४ कोठी हरु केहि निराश छन
आज यिनले सम्यक ढंग बाट निर्णय वा संकल्प लिन सकेका छैनन् आज यिनले अरुलाई त मौलिकपन हुन दिएका छैनन् नै स्वयम् आफैलाई पनि झुक्याई रहेका छन यसरि कि सायद आफ्नो आत्म बोध लाई चाही बाधा पुर्याएको छैन भन्ने पूर्ण सपनामा डुबी डुबी | आज यि ज्ञानका धारले आफ्नै अन्तः करणको अभिप्सा लाइ पर्दा झैँ छेकी रहेका छन एकातर्फ कुनै सश्त्र ले काट्न नसक्ने , आगोले जलाउन नसक्ने ,जलले भिजाउन नसक्ने , बायु ले सुकाउन नसक्ने तत्व हो भनिएको छ भने पुनः सोहि अत्मावन यस शरीर रुपी मनुष्यले त्यो अन्तःकरण को अभिप्सा को मार्ग भेट्न नसकी बिलखबन्द मा पनि आफ्नो शरीर लाइ दिएको कस्ट ले गलाको एक पासो ले खोसिएको व्यक्ति चेत हरण लाई आत्महत्या भन्छौ कसरि त्यस्तो सम्भब होला र आत्म हत्या सम्भब होला र ? शरीरको खुद हरण होला
3. नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३।। इस आत्माको शस्त्र काट नहीं सकते, आग जला नहीं सकती, जल गला नहीं सकता और वायु सूखा नहीं सकता
जीवको यस बडो बिचित्र यात्रामा आज हरेक बिषयमा बौद्धिक , मानसिक तार्किक ढंग बाट सोच्ने र आफ्नो जिबन शैली मा अभ्यस्त भै सकेको छ
एक स्वीकृतिको को आशा थियो त्यो बाल्यावस्था को तरंग मा एक निश्चलता थियो जसो जसो बाहिरी संसार को निर्माण थियो त्यसै त्यसै अन्तरिक चित्रण र भाब को सागर | बिस्तारै सत्य आफ्नो समझ नै हो जस्तो लाग्न थाल्यो येही बुझाई नै त्यो अन्तःकरण को मौलिकपन र त्येसको अभिपसा पनि आफ्नो समझ ले ठहरायाएको लाई नै हो भन्ने भान हुदै जान थाल्यो र सत्यको पथ कठिन झैँ लाग्न थाल्यो जो मा अझै पनि त्यो हृदय मा अबोधपन अझै पनि लुकी छिपी रहेको छ
सत्य वा आनन्द त केवल एक निमेषको बोधमा छ यो त आफ्नो मौलिकपन मा छ यो त म छु भन्ने मा छ न कि म रहन्न कि भन्ने भएमा भन्दा पनि , म न रहेको बेलाको कल्पना ले म रहेको कल्पना लाई जिते पनि अवश्य पनि एक अरुधा ( delusion ) त पैदा हुन्छ नै केवल म त तब सम्म रहन्छु जब मेरो साश्वत खोज को लागि एक बीज ले जमिनको खोजि गरे जस्तै जुन दिन जमिन मा गिर्यो अब वृक्ष हुने यात्रा निश्चित छ केबल संशय त त्यहा सम्म , मनको आवेग पनि त्यहा सम्म जब सम्म जमिन नाभेटियोस
केवल एक आमा नमिले सम्म जन्म अनिश्चित छ जुन दिन आमको गर्भ मिल्यो निश्चित रह्यो कि जन्मको र एक वृक्ष जे बढ्ने अवसर मिल्यो आज तेही अवसर को नै त कृतज्ञता हुने मौका मिलेको छ
त्यो अहोभब र प्रेमको फुल फुलाउन एक अवसर मिलेको छ दुखको सागर बाट पार लगाउन एक महामाया ,महामा (living master ) को प्यास मा त कुदिरहेको छ यो नदि त्यो सागर को सानिध्यमा पुग्न जहाँ पुग्दा महसुश भयोस कि म नै सागर रहेछु केवल मेरो बगाई मात्र नदीको भएर गुज्रेको रहेछ ,सागर त मा नै रहेछ सागरमा नै मेरो घर रहेछ
या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥