हिजोको गल्ती आजको विपत्ति आजको पुन:गल्ती भोलिको महा विपत्ति

 

बि.स. २०७२ साल बैसाख १२ गते ११:५५  बजे ७.८ रेक्टर स्केल को भुकम्प नेपालको गोर्खा  जिल्लाको बारपक केन्द्र बिन्दु भएर गएको उक्त शक्तिशाली भुकम्पले नेपालको अधिकांश भू-भागमा भएको हलचलबाट अत्याधुनिक मानवीय क्षति लगायत भौतिक संरचना ध्वस्त हुन पुग्यो र प्रकृतिक विपत्ति रास्ट्रमा आइलाग्यो . त्यस प्राकृतिक विपतिलाई राष्ट्रले सामना गर्नु पर्यो . मानिसहरू घरबार विहीन भए, पशुपन्छी मरे, सडक संजाल टुट्यो, मानिस भुकम्प पश्चात भोकभोकै खुल्ला आकाशमा जाडो, गर्मी, झरी, हुरी, बतासको सामना गर्दै बसे . राष्ट्रले विदेशी तथा स्वदेशी सहयोगी हातहरुलाई अपिल गर्यो . सहयोगी हातहरू विभिन्न तरिकाबाट आउन पानि  थाले र जनमानसमा भय र त्रसित हुँदाहुँदै पानि राज्यले तत्काल उदार राहत र निर्माणका बहस गरि रहँदा पिडीत पक्षले उदार राहत पाउन नसकेको सरकारको आलोचना पानि तिब्र हुन थाल्यो . जनजीवन घरबारविहीन भयो, खानेपानी, खाध्यान्न र औसधी आपूर्ति गर्नु पर्ने र देशको संस्कृतिक संरचना र राष्ट्रिय सरकारी भवन लगायत जन मानसका घरहरू निर्माण गर्नु पर्ने नैतिक जिम्मेवारी सरकार सामु एकैपटक आइलाग्यो . रास्ट्रको यो प्राकृतिक विपत्तिलाई हामीले सामना गर्नु बाहेक अरू कुनै विकल्प रहेन . किनकि हामी भनिरहेका छौँ बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक विपत्ति कुनै पनि बेला आउन सक्द छ र धनजनको क्षति हुन सक्छ तर हामीहरूले बुझ्न नसकेको प्राकृतिक विपत्तिबाट हुने क्षति न्यून गर्न सकिने उपायहरू प्रसस्त हुँदाहुँदै पनि बुझ्न सकेनौं . सयौं वर्ष अगाडीदेखि मानिसले नै जानेर वा नजानेर अथवा ध्यान नापुर्याएर गरेका गल्तीले अर्थात अदूरदर्शीताक कारणले नै मानिसले यस्तो विपत्तिको सामना गर्नु पर्यो . हामीले जनताको जीवनमा जिम्मेवारी पूर्वक गर्नु पर्ने काम न त हिजो नै गर्यौं न त आज नै  गर्न अघि सर्यौं  र सायद  भोलि पानि गर्नछैनौं किनकि हामीलाई थाहा छ तर  कसरि गर्ने भन्ने बारे बोध भइहेको छैन . हिजोको जानेर वा नजानेर गरेको गल्तीले आज हामी सबै  पिडीत भएका हौँ . मैले यहाँ भन्न खोजेको विषय हिजो जजसले जेसुकै कारणले जे गल्ती गरे त्यसैको परिणाम नै हो यो विपत्तिबाट उत्पन्न भएको यो क्षति हो . हामीलाई थाहा छ प्राकृतिक विपत्ति कोही कसैले ल्याएको होइन तर प्राकृतिक विपत्तिले हुन गएको ठुलो धनजनको क्षति चाहिं हामीहरुकै गैरजिम्मेवार काम , लापरबाही कदम, अदूरदर्शीता र अपरिपक्वता भने चाहिँ निश्चित हो अनि समग्रमा भन्नुपर्दा बोध हुन नसक्नु नै मुख्य कारण हो . राष्ट्रलाई थाहा हुनुपर्छ  सडक पुलपुलेसा, अस्पताल, सरकारी भवन, जनताहरुका घरहरू आदि इत्यादी भूकम्प प्रतिरोधात्मक छ कि छैन भनेर . हिजो जोजसले जसरि जे गल्ती गरे पानि  अब त्यो गल्ती नदोहोरियोस, मानव जीवनको हितमा जिम्मेवारी वोध पुर्वक कार्य गर्न जरुरी छ . हामी समानता र स्वतन्त्रताको बहस गर्छौं, प्राकृतिक विपत्ति आउँदा त सबै बराबर र समान  नै हुँदो रहेछ . जात, जाति, धर्म, लिङ्ग, वर्ण, पेसा, ठुला, साना, धनि, गरिब सबैले यो विपत्ति को सामन त गर्नु पर्दो रहेछ नि .  प्राकृतिक विपत्तिले त यो सब छुट्याऊँदो  रहेनछ, यसका लाई सबै समान हुँदारहेछन् र सबैले यसको सामना गर्नु पर्दो रहेछ . भनिन्छ नि कालो बादलमा सेतो चाँदीको घेरा हुन्छ . संसारका धेरै मुलुकहरु समस्या परेका कारणले नै सम्बृद्ध भएका छन् . मानिस उठ्न लडेको हुनुपर्छ पानि भनिने गरिन्छ अर्थात आपत विपतमा सकारात्मक सोचको बोध हुन सक्छ . समस्या समाधानको उपाय पानि हो ; समस्याले मानिसलाई रचनात्मक पानि बनाउँदछ . तसर्थ अब हिजोको गल्ती नदोहोरिन  रास्ट्रको सबैभन्दा बढी जिम्मेवारी लिएका व्यक्तिबाट प्रतिबद्धता हुनुपर्छ र  सबै तह र तप्काका पानि जनमानिसले पानि राष्ट्रलाई सहयोग गर्नुपर्दछ . देशका विज्ञ व्याक्तित्वको अत्याधिक मात्रामा राय र सरसल्लाह लिनुपर्दछ . यस प्राकृतिक विपत्तिबाट आधिकांश नेपाली जनमानस शारिरीक रूपमा पिडित भए भने उक्त समाचारले विश्वजगत मानसिक रूपमा पिडित भए त्यसपछि कुनैनकुनै रूपले सहयोग गर्न चाहन्छन तर पानि उक्त सहयोगको व्यवस्थापन गर्न नसक्नुका कारण भने चाहिँ पिडीत समक्ष ऊचित राहत र सहयोग पुग्न पर्ने जती पुग्न सकेको छैन . उद्धार र राहत पश्च्यात पिडीत समक्ष घरवास निर्माण गर्नु पर्ने काम पानि व्यवस्थापनको कमजोरीका कारण भुकम्प पिडीतले समस्या भोग्नु नपरोस् किनभने व्यवस्थापन गर्नु भनेकै एउटा रचनात्मक वैज्ञानिक पद्धति हो जुन धेरै भन्दा धेरै विज्ञहरूको सल्लाह र सुझावबाट सम्भव छ . नेपालमा जनताको समस्या बुझ्ने सुन्ने जिम्मेवारी पाएका व्यक्तित्वलाई लागि रहेको हुनसक्छ कि आफुले देखेको, सुनेको र बुझेको सबै सही हो;  बाँकी अरू मानिसको सरसल्लाह, सुझाव, आलोचनालाई विरोध ठान्ने मनोवृती विकास भएको छ  तसर्थ राष्ट्रिय विपत्तिका बेला सार्वजनिक रूपमा धेरै भन्दा धेरै विज्ञ सृजनात्मक व्यक्तित्व, युवा वर्गलाई एकीकृत गरी उचित सुझाव ग्रहण गरी नव निर्माणको उचित व्यवस्थापन गरी राष्ट्रिय र अन्तरास्ट्रिय सहयोगीदाताहरूको रकमलाई  पूर्ण सदुप्रयोग गर्न सकेमा मात्र पिडीतले राहत पाउने छन . अहिले तत्काल उदार र राहत पछि गरिनु पर्ने मुख्य काम नव:निर्माण हो र त्यसमा पानि ग्रामीण भेगका जनताको आवास निर्माण अझ बढी आवस्यकता हो . उक्त आवास के, कसरी, कस्तो, कतिमा निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहनु भन्दा राष्ट्रले नेपालीहरुसँग प्रस्ताव आवहान गर्ने या भूकम्प सुरक्षित घर के, कति, कसरी र कहिले निर्माण गर्न सकिन्छ भन्ने बारे जजससँग जस्तो सृजनात्मक सोच छ सोही अनुसार प्राविधिक आर्थिक प्रस्ताव सहित माडेल घरहरू प्रदर्शन गर्न तुरुन्तै लगाई विशेषज्ञको राय सल्लाहमा जाँचबुझ समेत गरी सबै सृजनात्मक नेपाली दाजुभाइ, युवा वर्गलाई नव निर्माणमा अग्रसर हुने वातावरण बनाई ग्रामीण जनताको रहन सहनमा कुनै असर नपर्ने गरि न्युनतम मुल्यमा अत्याधीक लाभ हुन सक्ने भुकम्प सुरक्षित घरहरू छिटो, सजिलो,  आकर्षक र दीगो टिकाउ हुने घरहरू निर्माण गरिदिनुपर्छ जुन सम्भन पानि छ . धेरै घरहरू क्षति भएकाले रकम धेरै दिन चाहे पानि राष्ट्रले धान्न नसक्ने पानि हुन्छ अनि बोल्न सक्नेले पाउने नसक्नेले नपाउने पानि हुन सक्छ . फेरी यस्तो गल्ती नहोस् . विदेशी तथा स्वदेशी सहयोग रकमको कनिका छर्या जस्तो काम पानि नहोस् . यो राज्यका जिम्मेवार व्यक्तिबाट राहत दिन ध्यान दिनुपर्छ र यो कुरा शब्दमा होइन   व्यवहारमा हुनुपर्छ . सबैको सहयोग उचित सदुपयोग मूल कुरा भए हो किनभने सदुपयोग भयो भने न्यून भन्दा न्युन रकमबाट अत्याधिक लाभ लिन सकिन्छ . यसका लागि सृजनात्मक नेपालीहरूको प्रस्तावहरू सार्वजनिक रूपमा छनौट गर्न जरुरी छ सबैको साथ, सहयोग एकीकृत रूपमा राष्ट्रले गर्नु पर्दछ र  अस्थायि नाममा करोडौं खर्च गरेर पु:न आवास विहीन जनतामाथि अर्को खेलवाड कोही कसैबाट जानेर वा नजानेर नगरौं किनकि यस्तै हिजोका गल्तीले नै हामीलाई  विपत्ति आईपरेको हो .  तसर्थ राष्ट्रका जिम्मेवार व्यक्ति र योजनाकारमा यो हेक्का रहोस कि अब सबै विज्ञहरुलाई भुकम्प सुरक्षित घरको मोडल र निर्माण कार्यको प्राविधिक र आर्थिक प्रस्ताव आह्वान गरि उक्त घरहरूको मोडल विज्ञहरूबाट छनोट गरी निर्माण गराउनुपर्छ  यस्ता घरहरू भुकम्प पिडीतका साथै सबै नेपालीका घर भूकम्प सुरक्षित हुनुपर्दछ किनकि भुकम्प भनेको भोलि पानि आउन सक्छ . यो भन्दा ठुलो क्षति व्यहोर्नु भन्दा क्षति  हुन आघि सुरक्षित् हुने गरी प्रविधी युक्त घरहरू मानिसलाई स्व-स्फुर्त बनाउने नीति र जन चेतना जागाई देशको भौतिक संरचनाको निर्माण भुकम्प सुरक्षित बनाउन राष्ट्रको मुख्य दायित्व हुनेछ . जुन गल्ती हिजो  सुधार्न  सकिएन त्यो गल्ती आज अब सुधार्न म सबैलाई बिनम्र अनुरोध गर्दछु आजको गल्ती भोलिको महा विपत्ति नहोस् . अब भूकम्प पिडीतका लागि मात्र होइन, सबैका लागि सुरक्षित घरहरू बनाउन आवश्यक छ जुन सम्भव पानि छ . २०७२ साल वैशाख १२ गते आएको यो भुकम्पबाट नेपालका धेरै ग्रामीण भेगका घरहरू भत्किए र मानिसहरू घरवार विहीन पनि भए . भुकम्प सुरक्षित घरहरू बनाऊँनुपर्छ भन्ने सुझाव हिजो विज्ञहरूले दिएता  पनि जनामानिसले त्यस विषयमा वास्ता नगर्नाले आज यस्तो कठिनाई भोग्नु परेको हो आज सम्पूर्ण नेपाली समाजले भुकम्प सुरक्षित बसोबासको आवश्यकता महशुश गरिरहेको सन्दर्भमा एकैपटक यति धेरै आवास बनाउन आर्थिक, प्रवधिक र अन्य विविध कारणले सम्भव हुन सक्ने घरहरूको मोडललाई प्राथमिकता दिन जरुरी छ किनभने सबैका लागि ३/४ लाखमा नै सुरक्षित र दीगो आवास चाहिएको छ . आकर्षक पनि र विज्ञहरूले समेत सुरक्षित महाशुस गर्ने  घरका मोडलहरू सार्वजनिक रूपमा प्रदर्शन गर्न आवश्यक भएको छ . विज्ञहरूको सुझावमा सबैका लागि सुरक्षित घरहरू बनाउन जनचेतना गर्न तथा नीतिगत कार्य राज्यले खोज्न उन्मुख हुन जरुरी छ .

At Glance PreFabHouseNepal